News खेल

पोर्चुगलको राष्ट्रिय टिममा फिर्ता भए क्रिस्टियानो रोनाल्डो

पोर्चुगलको राष्ट्रिय टिममा फिर्ता भए क्रिस्टियानो रोनाल्डो

कतार विश्वकपमा खराव प्रदर्शनपछि अन्तर्राष्ट्रिय करियर धरापमा परेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिममा बोलाइएको छ।

पोर्चुगिज टिमका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले ३८ वर्षीय भेट्रान खेलाडी रोनाल्डोलाई टिममा समावेश गरेका हुन्।

विशेषगरी कतार विश्वकपमा पोर्चुगलको खराब प्रदर्शनपछि उनको अन्तर्राष्ट्रिय करियर अन्योलमा परेको थियो।

विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल कमजोर मानिएको मोरक्कोसँग पराजित भएको थियो। यसपछि रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए।

रोनाल्डो युरोकप २०२४ को छनोट खेल खेल्नको लागि टिममा परेका हुन्। पोर्चुगल युरोकप छनोटको समूह ‘जे’ मा रहेको छ।

पोर्चुगलले यसै महिना लिचेस्टाइन र लक्जेमवर्गसँग दुई छनोट खेल खेल्दैछ। 
 

क्रिस्टियानो रोनाल्डो

विशेष