News विदेश

हङकङमा पोर्नस्टारलाई संस्कृतिमन्त्रीको बधाई! अनलाइन फोरममा हंगामा

हङकङमा पोर्नस्टारलाई संस्कृतिमन्त्रीको बधाई! अनलाइन फोरममा हंगामा

गत बुधबार हङकङका संस्कृति, खेलकुद तथा पर्यटनमन्त्री केभिन युङको नामबाट निस्केको एउटा विज्ञप्तिले सानोतिनो तहल्का नै मच्चायो। किनभने त्यो विज्ञप्तिमा एक पोर्न स्टारलाई बधाई दिइएको थियो।

हङकङमा जन्मेर जापानी एडल्ट फिल्म उद्योगमा चर्चा कमाएकी एरेना सोलाई बधाई दिँदै सो विज्ञप्ति निकालिएको थियो। विज्ञप्ति एक अनलाइन फोरममा भाइरल भएपछि मन्त्रीले प्रहरीकहाँ उजुरी दिएका छन्।

संस्कृति, खेलकुद तथा पर्यटन ब्युरोका एक प्रवक्ताले विज्ञप्ति नक्कली भएको स्पष्टीकरण दिएका छन्। उनले यसबारे उजुरी दिइएको पनि बताए। सो नक्कली विज्ञप्ति देखेर थुप्रै मानिस झुक्किएका थिए। किनभने सो विज्ञप्ति मन्त्री युङले केही दिनअघि ओस्कर जितेकी अभिनेत्री मिसेल योहलाई बधाई दिँदै निकालेको विज्ञप्तिको भाषासँग मिल्दोजुल्दो थियो।

मलेसियामा जन्मेकी मिसेल योह १९८० र ९० को दशकमा हङकङमा स्टार बनेकी थिइन्। पछि सो नक्कली विज्ञप्तिको लिंक हटाइएको छ। यससम्बन्धमा उजुरी परेको र छानबिन भइरहेको प्रहरीको भनाइ छ।

इन्स्टाग्राममा १ लाख ३२ हजार फलोअर्स भएकी पोर्नस्टार सो पछिल्लो समय जापानमा चर्चित हुँदै गएकी छन्। एससीएमपी
 

पोर्नस्टार

विशेष