News

सिपी गजुरेल भन्छन्– प्रचण्डसँगै ओली र देउवा पनि जेल जानुपर्छ

सिपी गजुरेल भन्छन्– प्रचण्डसँगै ओली र देउवा पनि जेल जानुपर्छ

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शेरवहादुर देउवा पनि जेल जानु पर्ने वताएका छन् ।

शनिबार संवाद डबलीमा आयोजित ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिएर गए दाहाललाई मात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरूलाई पनि जेल हाल्नु पर्ने बताए।

शान्ति प्रक्रियामा तत्कालीन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको बताए।

उनले शान्ति प्रक्रियाको स्प्रिटअनुसार संक्रमणकालीन न्याय सम्पादन नहुनुमा दाहालजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, बबुराम भट्टराई जिम्मेवार रहेको बताए।

विशेष