चीनियाँ नागरिकको सुन तस्करीको धन्दाले नेपालमा चरम आर्थिक संकट
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि भन्दै २ फागुनमा रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने निर्णय गर्यो। यसअघि बजारमा पठाएको रिपोको परिपक्व अवधि सकिएपछि वित्तीय प्रणालीमा तरलतामा कमी देखिएको भन्दै थप रकम बजारमा पठाउने निर्णय गरेको हो।
यसअघि पुस दोस्रो साता ४५ दिनका लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाएकोमा माघमा रिपोको म्याद सकिएपछि पैसा राष्ट्र बैंकमा फर्किएको बताईन्छ। यही कारण देखाएर बजारमा देखिएको तरलतामा कमीको अवस्था व्यवस्थापनकै लागि राष्ट्र बैंकले थप रकम बजारमा पठाउने निर्णय गरेको थियो।
तर, जानकारहरु भने तरलता अभाव हुनुमा रिपोको म्याद सकिएर पैसा राष्ट्र बैंकमा फर्किनु मात्रै कारण नभएको बताउँछन्। उनीहरुका कारण नेपालमा चीनियाँ नागरिकको गैरकानुनी गतिविधिले तरलता अभाव र चरम आर्थिक संकट आएको हो।
चीनियाँ नागरिकले नेपालबाट विभिन्न वस्तुहरु भारत तस्करी गर्ने गरेका छन्। जसमा सुनको मात्रा अत्याधिक छ। तत्कालिन गृहमन्त्री रामबहादुर थापा (बादल)ले नै यो कुराको पुष्टि गरेका थिए। बादलले चीनबाट सुन तस्करी हुने गरेको भन्दै नियन्त्रणका लागि चीन सरकारसँग आग्रह समेत गरेका थिए ।
उनले नेपालस्थित तत्कालिन चीनियाँ राजदूत यू होङको ध्यानाकर्षण गराउँदै सुन र डलर तस्करीमा चिनियाँ गिरोह नै सक्रिय रहेकाले नियन्त्रण गर्न आग्रह गरेका थिए। जानकारहरुका अनुसार सुनमा हुन्डी कनेक्सन जोडिएको छ। नेपालमा दैनिक अर्ब रुपैयाँभन्दा बढी रकम हुन्डीमार्फत कारोबार हुने गरेको अनुमान छ। प्रहरीका अनुसार खास गरी चीन, भारत, अस्ट्रेलिया, दुवई, जापानसहितका देशमा हुण्डिबाट पैसा जाने गरेको छ।
चीनियाँ नागरिकको तस्करीकै कारण अहिले भारतमा नेपाली पैसाको माग वढेको छ। नेपालबाट सुन तस्करी हुने भएपछि भारतीय ब्यापारीले नेपाली रुपैयाँ स्टक गर्न थालेकाले नेरुको माग वढेको जानकारहरु बताउँछन्।
नेपाल रास्ट्र बैंकले १६० नेपाली रुपैयाँमा १ सय भारु किन्न सकिने ब्यवस्था गरेको छ। तर, बजारमा भारु प्रिमियममा किन्नु पर्ने अवस्था थियो। चलनचल्ती (वजार) मा १६५ नेपाली रुपैयाँ तिरेरपछि मात्रै १ सय भारु रुपैयाँ पाईन्थ्यो। तर, अहिले भारु डिस्काउन्ट मा पाउन थालेको छ। बजारमा नेपाली १५०÷१५५ नेपाली रुपैयाँ तिरेपछि भारु १ सय किन्न पाउने गरेको वताईन्छ।
सुन किन्न भारतीयले नेरुमा कारोबार गर्न थालेको र स्टकमा नेपाली रुपैयाँ राख्न थालेपछि तरलता अभाव भएको जानकारहरुको भनाई छ।
यसैगरी अनौपचारिक रुपमा भित्रने डलर चीनियाँले कब्जा गरेर चीन तर्फ तस्करी गर्न थालेकाले पनि अहिले तरलता अभाव देखिएको वताईन्छ। नेपाल प्रहरीले पटक–पटक डलरसहित चीनियाँ नागरिकलाई पक्राउ गर्नुले पनि यसलाई थप पुष्टि गरिरहेको छ।
अर्कोतर्फ नेकपाका तत्कालिन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा चीनलाई दिएको योजना बापत कम्युनिष्ट नेताहरुले लिएको कमिशनका कारण पनि तरलता अभाव देखिएको वित्तिय क्षेत्रमा काम गर्नेहरुको दावी छ। उनीहरुका अनुसार ओलीको समयमा चीनलाई योजना दिए वापत अधिकांश कम्युनिष्ट नेताले कमिशन लिएको र त्यो रकम वैंकिङ प्रणालीभन्दा वाहिर रहेको उनिहरुको दावी छ।
‘ओली नेतृत्वको सरकारका पालामा अधिकांश योजना ऋण लिएर चीनियाँ ठेकेदार मार्फत नै सम्पन्न भएका छन्। ति योजनाको लागत अत्यन्त महंगो छ’ उनिहरु भन्छन्–‘चलनचल्तीभन्दा लागत महंगो हुनुले नै ति योजनामा चरम भ्रष्टाचार भएको पुष्टि हुन्छ। गलत धन्दाबाट आर्जित भएको त्यो अरवौं रकम नेताहरुले बैंकिङ सिस्टम वाहिर राखेका कारण पनि देशमा तरता अभाव भएको हो।’
राजनीतिक दलका नेता, सरकारी कर्मचारी र ब्यापारीहरुले अकुत सम्पत्ति लुकाएको आशंकाकै कारण नेकपाा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई नोटवन्दी गर्न सुझाव दिएका थिए।
१७ माघ नेकपा एसले विज्ञप्तिमार्फत सरकारलाई वुझाएको २० वुँदे सुझावको ९ नम्वर वुँदामा ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाईएको रकम अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस’ भन्दै आग्रह गरिएको छ।
तरलता चीनियाँ नागरिक सुन तस्करी नेपाल रास्ट्र बैंक