News

६२ जना यात्रु बोकेको वुद्ध एयरको जहाज दुर्घटनाबाट जोगियो

६२ जना यात्रु बोकेको वुद्ध एयरको जहाज दुर्घटनाबाट जोगियो

६२ जना यात्रु वोकेर काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा दुर्घटनाबाट वचेको छ। जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ। उक्त जहाजका यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ। 
 

विशेष