दिदीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भाई पक्राउ

एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनका भाई (मामाको छोरा) लाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।
१४ वर्षकी पीडत बालिकाले भाइबाट दुर्व्यवहार भएको भन्दै टिकटकमा भिडियो पोस्ट गरेकी थिइन् । उनको भिडियो केही दिनदेखि भाइरल भइरहेको छ । बालिकाले प्रहरीमा जाहेरीसमेत दिएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बालिकाका अभिभावकसँग जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पर्क गरेको छ ।
बालकलाई नियन्त्रणमा लिएर आजै बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ । आरोपी नावालिग भएकाले उनीमाथिको कारबाहीको विषयमा अस्पष्टता देखिएको प्रहरी स्रोतले बतायो ।