News

गाँजा तस्कमाथि प्रहरीले गोली चलायो, १८४ किलो गाँजा बरामद

गाँजा तस्कमाथि प्रहरीले गोली चलायो, १८४ किलो गाँजा बरामद

सप्तरीमा प्रहरीले गोली चलाएर तस्करी हुँदै गरेको १८४ किलो गाँजा नियन्त्रण गरेको छ।

हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे प्रहरीले उक्त गाँजा नियन्त्रण गरेको हो ।

घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए ।

गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि भीडलाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

हवाई फायर गरेपछि अज्ञात समूह भागेका थिए । गाँज तस्करहरुको खोजबिन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

विशेष