News

रवि लामिछाने अव गोलाकारभित्रको घण्टी चुनाव चिह्न नपाउने

रवि लामिछाने अव गोलाकारभित्रको घण्टी चुनाव चिह्न नपाउने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह परिवर्तन गरेको छ। गोलाकारभित्रको घण्टी चुनाव चिह्न हटाएर सो पार्टीको चिह्न अब घण्टी मात्रै हुने भएको छ।

चुनाव चिह्न औपचारिक रुपमै संशोधन भएको सो पार्टीले विज्ञप्तिमार्फत् जनाएको छ। पार्टीले निर्वाचन आयोगमा पेश गरेको चुनाव चिह्न संशोधन प्रस्तावलाई आयोगले फागुन १५ गते स्वीकृत गरेको विज्ञप्तिमा भनिएको छ।

‘अब पार्टीको चुनाव चिह्न घण्टी कायम भएको जानकारी सम्बन्धित सबै सरोकारवालाहरुलाई गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ। घण्टीको आकार वा शैलीमा भने कुनै परिवर्तन भएको छैन। केवल गोलाकार घेरो मात्रै हटाइएको छ।

गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चिह्नबाट सो पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको थियो। जितेकामध्ये १ सिट भने रिक्त भएको छ। अवका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनाव लड्न पाउँने छैनन्।


 

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने

विशेष