News

ज्यूँदो ब्यक्तिलाई सरकारले राख्यो शहिदको सूचिमा

ज्यूँदो ब्यक्तिलाई सरकारले राख्यो शहिदको सूचिमा

सरकारले शहिदको नाममा समेत खेलाँची गर्न थालेका छ। जिउँदै ब्यक्तिलाई शहिदको सूचीमा राखिदिएपछि सरकारको यो कमजोरी सामने आएको हो।

सरकारले १५ फागुनमा सार्वजनिक गरेको शहीदको सूचीमा डोटीको बडीकेदार गाउँपालिका–२ का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम पनि समावेश छ । सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरिएको थियो।

२९ फागुनमा प्रकाशित राजपत्रमा डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । ०५९ साल बैशाख १९ गते उनको मृत्यु भएको उल्लेख छ । ‘आफू मृत्युतुल्य अवस्थामा रहेकाले सरकारले पहिलै शहिद घोषणा गरेको होला’ भन्दै उनले ब्यंग्य गरेका छन् ।

साविकको बर्छैन गाउँ विकास समिति–८ का मटेली १९ वैशाख ०५९ मा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । त्यस वेला आफुलाई म¥यो भनेरै छोडेको उनी वताउँछन् ।

नेकपा माओवादी केन्द्र डोटीका संयोजक कमलबहादुर गड्सिलाले चक्रबहादुर मटेलीको नाम त्रुटिवश शहीदको सूचीमा समावेश भएको हुन सक्ने बताउँछन् । खासमा उनी माओवादी वा सैनिक नभई सर्वसाधारण किसान भएको वताईन्छ।

त्यसवेलाको घटनामा सेनाको गोलीबाट स्थानीय ७० बर्षीय रणबहादुर चन्द, ६५ बर्षीय दलबहादुर चन्द, २५ बर्षीय लालबहादुर चन्द र १८ बर्षीय टेकबहादुर चन्द तथा गोरु किन्न भनेर पुगेका पुड्केपानी गाउँका डबलबहादुर सार्कीले ज्यान गुमाएका थिए।

शहिद चक्रबहादुर मटेली

विशेष