News

दिवा खाजाको नाममा विद्यार्थीलाई फुको चिउरा

दिवा खाजाको नाममा विद्यार्थीलाई फुको चिउरा

चितवन क्षेत्र नं. १ स्थित राप्ती नगरपालिकाको कालीटार आधारभूत विद्यालयका बालबालिकाले फुको चिउरा शर्टको फेरोमा राखेर खाएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ।

सांसद हरी ढकाल मंगलवार विद्यालयको निरीक्षणका क्रममा विद्यालयमा विद्यार्थीको दिवा खाजामा फुको चिउरा दिएको फेला पारे। त्यसपछि उनी लगातार तेस्रो दिनसम्म पुग्दा उही फुको चिउरा फेला पारेपछि विद्यालयका कर्मचारीहरूसँग सोधपुछ गर्दै गरेको भिडियो अहिले चर्चामा छ।

चितवनको सबैभन्दा विकट क्षेत्रमा पर्ने यो विद्यालयमा २ सय विद्यार्थी छन्। सरकारले लामो समयदेखि विकट क्षेत्रका विद्यार्थीलाई नियमित विद्यालयमा आउन भनेर दिवा खाजाको व्यवस्था गरेको छ। उक्त खाजा पौष्टिक तथा स्वास्थ्यवर्द्धक हुनुपर्ने प्रावधान छ। तर, त्यो विद्यालयमा यस्तो गरिएको छैन।

त्यहाँका विद्यार्थी त्यति चिउरा पाउने आशाले पनि विद्यालय आउने गरेको पाईएको छ। विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले टाइमटेबल अनुसार दिवा खाजा खुवाउने गरेको दाबी गरे। उनले सांसद ढकाल अनुगमनमा गएको बेला चिउरा भुजाको पालो परेको उल्लेख गरे।

उक्त विद्यालय क्षेत्र पर्ने वडाका वडाध्यक्ष अशोक प्रजाले विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा फुको चिउरा मात्र नभएर दिन अनुसार फरक–फरक खाजा चिउरा भुजा, चना, जाउलो, लिटो दिँदै आएको दाबी गरे। 

चिउरा

विशेष