News

पूर्वपश्चिम राजमार्ग विस्तारमा चीनियाँ ठेकेदारको मनपरीले सर्वसाधरण र ब्यवसायी हैरान 

पूर्वपश्चिम राजमार्ग विस्तारमा चीनियाँ ठेकेदारको मनपरीले सर्वसाधरण र ब्यवसायी हैरान 

पूर्वपश्चिम राजमार्ग विस्तारको काममा चीनियाँ ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा आसपासका सर्वसाधरण र ब्यापारी/ब्यवसायी हैरान भएका छन्। 

सडक समयमै निर्माण सम्पन्न नहुँदा धेरै समस्या भोग्नु परिरहेको स्थानीयहरु बताउँछन्। सडक अस्तव्यस्त हुँदा गाडीले धेरै धुलो उडाएर आफूहरू बस्न नसक्ने अवस्थामा पुगेको उनीहरु बताउँछन्।

निर्माणाधिन सडकमा गुड्ने सवासी साधनले उडाएको धुलो घरघरमा पुग्ने र धुलोका कारण स्वास्थ्यमा समेत असर परेको छ। सडकमा उडेको धुलो नियन्त्रण गर्न पानी हाल्नु पर्ने लगायतको जिम्मेवारी पनि ठेकेदारले पुरा गरेको छैन।

सडकको धुलोका कारण घरबाहिर ५ मिनेट पनि बस्न नमिल्ने अवस्था रहेको सप्तरीको रुपनीका हरेकृष्ण यादवले वताए।

उनका अनुसार दैनिक सयौँ गाडी हिँड्ने र धेरै कुदाउने भएकाले पनि धुलो धेरै उड्ने गरेको छ। धुलोले घरभित्र र सडक वरपर रहेका व्यापार व्यवसायलाई समेत नोक्सान गरेको उनले वताए। विकासका नाममा स्थानीय बासिन्दाको स्वास्थ्यमा खेलवाड गर्न नहुने उनको मत छ।

सडक अस्तब्यस्त भएपछि सवारी चालकहरूले पनि उस्तै समस्या भोग्दै आएका छन्। सडकको यस्तो अवस्थाले गर्दा गाडी धेरै बिग्रिने गरेको उनीहरु वताउँछन्। 

अहिले सप्तरी, सिरहा, धुनषालगायतका जिल्लामा सडक विस्तारको काम भईरहेको छ। एशियाली विकास बैंक (एडिबी)को ऋण साहयतामा यो सडक विस्तार गर्ने सरकारले निर्णय गरेको थियो। यसअघि भारतलगायत विभिन्न निकायको सहयोगमा निर्माण भएको यो सडक विस्तारका लागि चीनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले ठेक्का पाएको छ। सडक विस्तारका नाममा कतिपय चाईनिजहरुले सुराकी गरिरहेको पनि स्थानीयहरु वताउँछन्।

विशेष