News

बालिका बलात्कारको आरोपपछि महंगिए पल शाहः एउटा म्युजिक भिडियोको तीन लाख

बालिका बलात्कारको आरोपपछि महंगिए पल शाहः एउटा म्युजिक भिडियोको तीन लाख

बालिका बलात्कार अभियोगमा १ वर्षभन्दा वढि जेल वसेपछि सफाई पाएका नायक पल शाहको रवाफ पहिलेको तुलनामा वढेको छ। उनले ‘स्टारडम’ आफैँले बढाएका छन् । 

जेल प्रकरणले नागरिकमा उनको क्रेज वढेको छ। सोही क्रेजका कारण उनलाई चलचित्र, म्युजिक भिडियो र महोत्सवमा अफरहरु आईरहेको छ। तर, उनले अहिलेसम्म कसैसँग सम्झौता गरिसकेका छैनन् ।

अब उनलाई म्युजिक भिडियो वा फिल्म खेलाउन मात्र होइन, महोत्सवमा उभ्याउन पनि निर्माताहरुलाई सकस हुन थालेको छ। जेल प्रकरणले उनको रेट वढको निर्माताहरू बताउँछन् ।

जेल पर्नुअघि १ लाख रुपैयाँ लिएर भिडियो खेल्दै आएका पलले अहिले ३ लाखसम्म माग्न थालेको पाइएको छ । हालै उनीकहाँ अफर लिएर गएका एक संगीतकर्मीले एजेन्टमार्फत पलले ३ लाखको डिमान्ड गरेको बताए । सो डिमान्ड सुनेपछि पललाई नखेलाउने निष्कर्षमा उनी पुगेका छन् ।

पलले म्युजिक भिडियोमा कम ब्याक भने आफ्नै युट्युब च्यानलबाट गर्दैछन् । ‘तिमीलाई हेर्ने बानी प¥यो‘’ बोलको हिट गीतको फिमेल भर्सनमा उनले भिडियो खेल्न लागेका हुन् । भिडियोमा उनकै लगानी रहने छ ।

सो गीतको मेल भर्सन एक वर्षअघि पलकै आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको थियो । पुष्पन प्रधानले गाएको सो गीतको भिडियोमा पल र केकी अधिकारीले अभिनय गरेका छन्, जसले अहिलेसम्म ६८ लाख भ्यूज पाएको छ ।

यता, गत साता रुकुम महोत्सवमा सहभागी भएका उनलाई आयोजकले हेलिकोप्टर चार्टर गरेर महोत्सव स्थलमा पुर्याएका थिए । आयोजक निकट स्रोतका अनुसार पलले नियमित उडानमा नजाने बताएपछि हेलिकोप्टर चार्टर गरिएको हो । यसका लागि १५ लाख रुपैयाँ खर्च भएको स्रोतको दाबी छ । सो हेलिकोप्टरमा पलले आफ्नी बहिनी रोशनीलाई सँगै राखेर लगेका थिए ।

पललाई हेलिकोप्टरमा लगेर पनि आयोजकलाई आर्थिक रुपमा घाटा भने भएन । जेलबाट निस्केपछिको पहिलो कार्यक्रम भएकाले रुकुम महोत्सवमा उनलाई हेर्न दर्शकहरूको ओइरो लागेको थियो।

हजारौ दर्शकले टिकट काटेर कार्यक्रम हेरेका थिए । उक्त कार्यक्रममा १०० सय रुपैयाँको टिकट राखिएको थियो भने विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको थियो । उक्त महोत्सवमा पलले दुईवटा गीत गाए र केही बेर नाचे । यति गर्नका लागि उनलाई ५ लाख रुपैयाँ पारिश्रमिक दिइएको बताइएको छ ।

कुल मिलाएर रुकुम महोत्सवमा पललाई उभ्याउन आयोजकले करिब २० लाख रुपैयाँ खर्चिनुप¥यो ।

पल शाह

विशेष