प्रतिनिधि सभामा फेरियो सिटः कांग्रेस दायाँ, एमाले बायाँ

१४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा प्रतिपक्षमा वसेको कांग्रेस सत्ता पक्षमा पुगेको छ। नेकपा एमाले सत्तापक्षबाट प्रतिपक्षमा पुगेको छ।
पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहालको नेतृत्वका सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो ।
तर, राष्ट्रपति चुनावअघि फेरि सत्ता समीकरण फेरियो । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए । त्यसपछि पहिलो पटक आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले पहिलो पटक प्रतिपक्षी बेन्चमा बसेको हो । एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।
प्रतिनिधिसभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहन्छ । नेपाली कांग्रेस र एकीकृत समाजवादी भने सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुबै दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।