News

विराटनगरमा निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगरमा निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगरमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ ।  कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै प्रदर्शनकारीले नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि  जिल्ला प्रशासन कार्यालय मोरङले  विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो । 
 

विशेष