News

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको गाडीमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको गाडीमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुङ्गामा तोडफोडको प्रयास भएको छ ।

सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा सोमबार उनको गाडिमा तोडफोडको प्रयास गरेका हुन। आक्रमणकारीले मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत थुतेका छन् । 

कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाए। 

कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा छन् । सोमबार उनी सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा तोडफोड प्रयास भएको हो ।

कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् । 
 

विशेष