News

अध्यक्ष केदारनाथका श्रीमान–श्रीमतीले यसरी डुबाए तुलसी सहकारी

१ सय ४५ करोड निक्षेप हिनामिनाको अनुशन्धानमा खटियो सिआइबी

अध्यक्ष केदारनाथका श्रीमान–श्रीमतीले यसरी डुबाए तुलसी सहकारी

१ सय ४५ करोड निक्षेप हिनामिना गरेको आशङ्कापछि विवादमा परेको विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्था थप संकटमा देखिएको छ। सरकारीमा देखिएको समस्याका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले छानबिन सुरु गर्न लागेपछि सहकारीमा ठुलै गडवड भएको आशंका गरिएको छ।

वचतकर्ताको रकम हिनामिना गरेको आशंकापछि अनुशन्धानमा सिआईबी नै संलग्न हुनुलाई गम्भिर रुपमा लिईएको छ। अनुशन्धानका लागि सहकारी विभागलेनै सिआईबीको सहयोग माग गरेको श्रोतको दावी छ। प्राप्त जानकारी अनुसार सीआइबीलाई छानबिनका लागि विभागले पत्राचार गरेको हो।

सीआइबीले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपानेसहित अन्य सञ्चालक तथा व्यवस्थापकहरूलाई अनुसन्धानको दायरामा ल्याउँदैछ। अनिता, सविना र क्षेत्रीय प्रबन्धक मन्दिप खवास अहिले प्रहरी नियन्त्रणमा छन् भने अध्यक्ष शर्मा भागेर भारत पुगेका छन् । सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी सम्पर्कविहीन छन् ।

उनीहरुको विषयमा छानविन गर्न सहकारी विभागले केन्द्रीय अनुसन्धान ब्युरोमा पत्रचार गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङका सहायक सिडिओ प्रदीप साहले सञ्चालक समितिका साथै व्यवस्थापकहरूको सम्पत्ति रोक्का राख्ने, बैङ्क खाता रोक्का गर्ने र अनुसन्धान सीआइबीले गर्ने विषयमा सहकारी विभागले पत्राचार गरेको जानकारी दिए । 

यसअघि उपाध्यक्ष गौतमले नै जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौँ र प्रदेशको सहकारी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन् । उनले सबै सञ्चालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन् ।

विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । उनीहरुबाट मात्रै झन्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरू बताउँछन् ।

झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोल बजारमा पनि यसका शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकम मात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ । 

यसअघि कर्मचारीहरुले भने सहकारी डुब्ने कुरा हल्ला मात्रै भएको वताउँदै आएका थिए । सहकारीको नाममा विराटनगर १९ मिलनचोकमा १६ कठ्ठा, झापाको गौरादहमा तुलसी राइस मिलको नाममा डेढ बिगाहा जग्गा र प्लान्ट, गाइघाटको खाँबुमा ३ सय रोपनी जाग्गा र दमक, गाईघाट र लेटाङमा डिपार्टमेन्ट स्टोरहरू संचालनमा रहेकाले सहकारी डुब्नै नसक्ने उनीहरुले दावी गर्दै आएका थिए।

सहकारी डुब्ने हल्लाले सवै वचतकर्ताले एकै पटक निक्षेप फिर्ता माग्न थालेपछि केही समस्या आएको र केही दिनभित्र सवै समस्या समाधान भई सामान्य अवस्थामा सहकारी संचालन हुने संचालकहरुले वताउँदै आएको थिए।

सहकारी डुब्नुमा भने अन्य संचालक र कर्मचारीहरु भन्दा पनि अध्यक्ष शर्माकी श्रीमती सविना न्यौपाने जिम्मेवार रहेको कर्मचारीहरु वताउँछन् । 

एक कर्मचारीका अनुसार सहकारीमा संचालक समितिलाई मोहोरा वनाएर अध्यक्ष शर्माले सम्पुर्ण जिम्मेवारी सविनालाई दिएका थिए। उनकै योजना र असक्षमताका कारण अहिले सहकारीको यो अवस्था आएको ति कर्मचारी दावी गर्छन। 

कर्मचारी श्रोतका अनुसार न्यौपानेका पहिलो श्रीमान् गणेश घिमिरेसँग सम्बन्ध बिच्छेद गरेर शर्मासँग निकट भएकी हुन। त्यही निकटताको फाइदा उठाउँदै सचिव न्यौपानेले सहकारीको पैसा आफूखुसी प्रयोग गरेको छोरा आरभ घिमिरेलाई क्यानडा अध्ययनका लागि पठाउन लागेको स्रोतले जानकारी दियो ।

यसैगरी, शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि उनै केदारनाथ शर्मा हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । केदारनाथ शर्माकै छोरा काल्स शर्मा उक्त ग्रुपको उपाध्यक्ष रहेको वताईन्छ। 

तुलसी सहकारी केदारनाथ शर्मा

विशेष