News

कोशी नामकरणविरुद्ध आन्दोलनः मुख्यमन्त्रीपछि माओवादी नेतामाथि आक्रमण, हत्या गर्ने धम्की

कोशी नामकरणविरुद्ध आन्दोलनः मुख्यमन्त्रीपछि माओवादी नेतामाथि आक्रमण, हत्या गर्ने धम्की

कोशी प्रदेशको नामावकरण विरुद्ध आन्दोलन गरिरहेको पहिचान पक्षधरले मुख्यमन्त्री, मन्त्री र राजनीतिक दलका नेतालाई टार्गेटमा राखेका छन् । उनीहरुले पटक पटक आक्रमणको प्रयास गरेपछि नेताहरुको असुरक्षा वढेको छ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि मंगलबार ताप्लेजुङमा आक्रमण प्रयास भएको छ । माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि पहिचान पक्षधर आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास गरेका हुन।

पहिचान पक्षधरका कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । उनीहरूले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेका हुन् । बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको उनका स्वकीय सचिव पुजन मगरातीले बताए ।

यसअघि आईतवार मात्रै मुख्यमन्त्री हिक्मत कार्कीमाथि ओखलढुङ्गामा आक्रमणको प्रयास भएको थियो।  प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादीले पछिल्लो समय आन्दोलन गरिरहेका छन् ।

हिजोमात्र मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो । आन्दोलनकारीले सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा उनको गाडिमा तोडफोडको प्रयास गरेका हुन। आक्रमणकारीले मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत थुतेका छन् । 

कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाए। कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

कोशी प्रदेश इन्द्रबहादुर आङ्बो हिक्मत कार्की

विशेष