News

इस्टाग्राममार्फत् एलिना चौहानले सार्वजनिक गरिन प्रेमीः लेख्छिन्– तिम्रो सम्झनाले मलाई जागै राख्छ

इस्टाग्राममार्फत् एलिना चौहानले सार्वजनिक गरिन प्रेमीः लेख्छिन्– तिम्रो सम्झनाले मलाई जागै राख्छ

गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटालाई इस्टाग्राममार्फत् सार्वजनिक गरेकी छन्। 

पछिल्लो समय टिकटकमा लगातार भिडियो पोस्ट भएपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो। इन्स्टामा दुवैजना सँगै रहेको तस्बिर र मायाको क्याप्सन राखिएको छ।

‘तिम्रो सम्झनाले मलाई जागै राख्छ। तिम्रो सपनाले मलाई निदाउन दिँदैन। तिम्रो साथले मलाई जीवित राख्छ,’ सापकोटासँगको तस्बिर सार्वजनिक गर्दै एलिनाले लेखेकी छन्। स्टाटसमा एलिनाले हार्ट–इमोजी पनि समावेश गरेकी छन्। उनको पोस्टमा फ्यानहरूले बधाई दिइरहेका छन्।

सापकोटा गितकार र गायक पनि हुन। अस्ट्रेलियामा बस्ने विष्णुलाई भेट्न एलिनाले हालै अस्ट्रेलिया भ्रमण गरेकी थिइन्। झापा घर भएकी एलिना अहिले पुरानो बानेश्वरमा फ्ल्याट लिएर बसिरहेकी छन् भने विष्णुको घर चाहिं बाग्लुङ हो ।

यो पनि,

एलिना चौहान

विशेष