News विदेश

पोर्न स्टारसँगको सम्वन्ध वाहिरिएपछि संकटमा डोनाल्ड ट्रम्प, पक्राउ पर्ने डर

पोर्न स्टारसँगको सम्वन्ध वाहिरिएपछि संकटमा डोनाल्ड ट्रम्प, पक्राउ पर्ने डर

डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको दाबी गरेका छन्। पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ मा दिइएको भुक्तानीका सम्बन्धमा गरिएको एउटा अनुसन्धानपछि उनीविरुद्ध मुद्दा चल्न सक्ने ठानिएको छ।

ड्यान्यल्सले ट्रम्पसँग कुनै बेला आफ्नो ‘व्यभिचारपूर्ण सम्बन्ध’ रहेको र त्यसबारे कुरा नखोल्न उनका वकिलसँग आफूले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि १,३०,००० डलर लिएको दाबी गरेकी छन्।

विभिन्न अभियोगमा दोषी ठहर भएपछि ट्रम्पका वकिल माइकल कोहेन पछि जेल परे। सन् २०१८ मा तथाकथित सम्बन्धबारे चर्चा हुन थालेपछि ट्रम्पले ड्यान्यल्ससँग आफ्नो व्यभिचारपूर्ण सम्बन्ध नरहेको दाबी गर्दै आएका छन्।


अमेरिकाको एक अदालतले ०७७ भदौको पहिलो साता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई लगभग ५३ लाख रुपैयाँ तिर्नुपर्ने आदेश दिएको थियो । 

ट्रम्पविरुद्ध डेनियल्सले लगाएको मुद्दा खारेज भएको थियो । डेनियल्सले ननडिस्क्लोजर अग्रीमेन्ट (कुरा नखुलाउने सहमति) का विषयमा मुद्दा लड्दा भएको खर्चको भरपाइस्वरूप क्यालिफोर्निया सुपेरियर कोर्टका न्यायाधीशले ट्रम्पलाई ४४ हजार १०० डलर तिर्न भनेका थिए।

डेनियल्सको वास्तविक नाम स्टेफानी क्लिफोर्ड हो र उनले सन् २००६ देखि २००७ सम्म ट्रम्पसँग अफेयर राखेको बताएकी थिईन। उनले ट्रम्पका पूर्व वकिल माइकल कोहेनसँग एक लाख ३० हजार डलर बराबरको ननडिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरेकी थिइन् । 

क्लिफोर्डले सन् २०१८ मा ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी थिइन् र ननडिस्क्लोजर अग्रीमेन्टबाट मुक्त हुन चाहेकी थिइन् । त्यसको जवाफमा ट्रम्प र उनको लिगल टीमले मुद्दा दायर गर्ने वा ननडिस्क्लोजर अग्रीमेन्ट पालन गर्न लगाउने काम नगर्ने सहमति अदालतबाहिर गरेका थिए । त्यसपछि डेनियल्सको मुद्दा खारेज गरिएको थियो । 

डोनल्ड ट्रम्प

विशेष