News बैंकिङ

दुर्गा प्रसाईँको ‘कालोमोसो अभियान’मा किन वढ्दैछ जनसमर्थन ?

गभर्नरको कमजोरीले वित्तिय क्षेत्रमा अराजक्ता, अर्थतन्त्रमा गम्भिर संकट

दुर्गा प्रसाईँको ‘कालोमोसो अभियान’मा किन वढ्दैछ जनसमर्थन ?

पूर्वका मेडिकल ब्यवसायी दुर्गा प्रसाई यतिवेला वैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई गाली गरेर उग्र क्रान्तिकारी भएका छन् । बैंक, लघुबित्त र सहकारीका कर्मचारीलाई कालोमोसो लगाउने अभियान सुरु गरेदेखि नै चर्चामा आउन थालेका प्रसाईले सर्वसाधारणबाट पनि समर्थन पाईरहेका छन् ।

छाडा पशु झै मनपरी नियम वनाउने तथा जथाभावी ब्याज वढाएर सर्वसाधारणका ढाड सेकीरहेका बैंक तथा वित्तिय संस्थाको मनपरीका कारण सर्वसाधारण आजित छन्। ८ प्रतिशतमा लिएको ऋणको ब्याज १८ प्रतिशत पुगिसक्दा उनिहरुले दुर्गा प्रसाई साथ दिनु स्वभाविकै हो।

बैंक, लघुबित्त र सहकारीले पीडित बनाएका तिनै सर्वसाधारणको भावना अनुसार आवाज बनेर अगाडि वढिरहेका प्रसाईले झापाको एउटा कार्यक्रममा ‘बैंकहरुलाई जता भेट्यो, त्यतै कालो मोसो दल्नु’ भन्दै उर्दी जारी गरेका थिए। ‘यो तरिकाले बैंकहरु भोलिदेखि बन्द हुन्छन् । अब यी टाई लगाएका गुण्डाहरुले होसियार हुँदा हुन्छ’ भन्दै उनले बोलेको भडियो क्लिप अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ ।

‘अब लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने, भित्र पसे डाँका मुद्दा लागिहाल्छ,’ उनले युवाहरुको भीडलाई उचाल्दै भनेका थिए, ‘मोसो दल्दा केही समस्या पर्दैन । जम्मा ५ दिन लगेर हिरासतमा राख्छ ।’

बैंकले वढाएको ब्याजदर प्रति तिव्र असन्तुष्ट भएका प्रसाई स्वयमले पनि ५ अर्वभन्दा वढि वैंकको ऋण लिएका छन्। यो तथ्य उनी स्वयमले सार्वजनिक गरेका हुन। राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन्।

प्रसाईंले कूल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको देखिन्छ । आफै ऋणी रहेका प्रसाईंले बैंक तथा कर्मचारीलाई नै असुरक्षा हुने गरी भड्किलो अभिब्यक्ति दिन थालेपछि अहिले वित्तिय क्षेत्रमा एक प्रकारको तरंग उत्पन्न भएको छ। 

उनले २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा लिन नहुने बताएका छन् । विगतमा पनि बैंकको ऋणका विषयमा विवादमा पर्दै आएका प्रसाई तिनै ब्यक्ति हुन् जस्ले करिब १० करोड रुपैयाँ हुन्डीमार्फत दुबई पठाएर कम्पनी सञ्चालन गरेको समाचार केही समय अगाडि बाहिरिएको थियो ।

ऋणीहरूलाई ऋण नतिर्न भन्दै अभियान चलाउँदै हिँडेका प्रसाईंको अभिव्यक्तिपछि ऋण असुलीमा निस्किएका बैंकरहरुलाई ऋणीहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्ने, कालोमोसो दल्ने, उनीहरुसँग रहेको नगद लुटपाट गर्ने गर्न थालेका छन्। कतिपय बैंकरहरुले उनको अभिव्यक्तिपछि बैंकको आईडी कार्ड झुण्ड्याएर बाहिर निस्कन पनि डर लागिरहेको बताएका छन् । 

प्रसाईंले व्यवसायीलाई भड्काउने, बैंकरमाथि जाइलाग्नेजस्ता अराजक अभिव्यक्ति दिँदै हिँडदा पनि राष्ट्र बैंक भने मौन छ । बैंक तथा वित्तिय संस्थाको नियमन गर्ने काम राष्ट्र बैंकको हो। तर, हालसम्म यस विषयमा खास पहल गरेको देखिएको छैन।

वरु गभर्नर महाप्रसाद अधिकारी भने सार्वजनिक रुपमा भाषणवाजी गर्दै हिडेका छन् । बैंकबाट लिएको ऋण तिर्दिन भन्ने आर्थिक अपराध भएको भन्दै उनले यसमा आफुहरु सजग भएको वताएका छन् । ‘बैंकबाट ऋण लिने र ऋण तिर्नुको सट्टा सडकमा उफ्रिने, संगठन गर्ने र संगठित रुपमा चै ऋण तिर्नु पर्दैन भन्ने खालका कुराहरु पनि वजारमा आउन थालेका छन्। जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै गम्भिर रुप हो।’ उनले भनेका छन्।

बैंकको ऋण भनेको सार्वजनिक सम्पत्ति र सर्वसाधारणको निक्षेप भएको भन्दै उनले ऋण तिर्दिने भन्ने अभिब्यक्तिलाई हल्का रुपले हेर्न नहुँने उनि वताउँछन्। ‘मैले ऋण लिन्छु कुनै बैंकबाट, अनि म तिर्दिन भनेर उफ्रिन मिल्छ ?’– उनले प्रश्न गरेका छन्।

गभर्नर अधिकारीले यसरी अभिब्यक्ति दिएपनि अहिलेको अवस्था सृजना हुनुमा उनी पहिलो जिम्मेवार भएको अर्थविदहरु वताउँछन् । वैंक तथा वित्तिय संस्थालाई नियमन गर्ने काम राष्ट्र वैंकको हो। तर, उनले नै छाडा छोडेका कारण वैंक तथा वित्तिय संस्थाहरु अराजक भएको र जथाभावी शुल्क तथा ब्याज असुलीरहेको उनीहरुको भनाई छ।

देश अहिले चरम आर्थिक संकटमा पर्नुका पछाडि पनि गभर्नर अधिकारी प्रमुख जिम्मेवार भएको अर्थविदहरुको वुझाई छ। एनमाले समर्थक रहेका अधिकारी आफु अनुकुल अर्थमन्त्री नभए देशको अर्थतन्त्रलाई धारासायी वनाउन लाग्ने गरेको वताईन्छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई उनले पूर्ण तथा असहयोग गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको हनुमान भएर उनले शेरबहादुर देउवको सरकारलाई पूर्णतया असफल बनाउन लागेको आरोप लाग्ने गरेको छ।

राज्य सन्ञ्चालनको मेरुदण्ड नै अर्थतन्त्र हो। तर, गभर्नरकै कारण देशमा अति धेरै वेथिती आएपछि दुर्गा प्रसाई र उनको आन्दोलनले समर्थन पाउँदै आएको जानकारहरु वताउँछन् । आफ्नै कमजोरी भएका कारण उनी अहिले सार्वजनिक अभिब्यक्ति दिएर चोखिने उपायमा लागेको उनीहरुको भनाई छ। 

दुर्गा प्रसाई कालोमोसो महाप्रसाद अधिकारी

विशेष