News खेल

दिपेश कडेँलको ह्याट्रिकमा ८ वर्षपछि नेपालको 'यू–१९ विश्वकप' यात्रा सुरक्षित

दिपेश कडेँलको ह्याट्रिकमा ८ वर्षपछि नेपालको 'यू–१९ विश्वकप' यात्रा सुरक्षित

८ वर्षको प्रतिक्षापछि नेपालले विश्वकप क्रिकेट खेल्न पाउने भएको छ। बिहीबार युएईलाई ७ रनले हराएसँगै सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा नेपालले क्रिकेट खेल्ने भएको हो।

जितका लागि नेपालले युएईलाई १९२ रनको चुनौती दिएको थियो। १८४ रन बनाउँदा युएई ४८ ओभरमा अलआउट भयो। नेपालको जितमा ४८ ओभरको अन्तिम तीन बलमा विकेट लिँदै दिपेश कडेँलले ह्याट्रिक गरे।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८ दशमलव ५ ओभरमा अलआउट भएको हो ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । 
 

विशेष