पारस खड्का सम्मिलित एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि
नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ। लायन्सले वल्र्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनल खेलमा ४ विकेटको क्षतिमा १४७ रन बनाएर दिएको लक्ष लायन्सले सहजै पुरा गरेको थियो। लायन्सले १४८ रनको लक्ष्य ३ विकेटको क्षतिमा १६.१ ओभरमै पूरा ग¥यो।
पारसले फाइनलमा प्लेइङ ११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने अवसर पाएनन् । एसियाको जितमा ओपनरद्वय तिलकरत्ने दिल्शान र उपुल थरंगाले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरे । दिल्शानले ४२ बलमा ८ चौका मदतमा ५८ रन बनाए । थरंगाले २८ बल खेल्दै ५ चौका तीन छक्का प्रहार गरी ५७ रन बनाए । मिस्बा उल हक र मोहम्मद हाफिज समान ९ रनमा अविजित रहे ।
जायन्ट्सका लागि मोन्टी पानेसर, समित पटेल र ब्रेट लीले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सका लागि कालिसले अविजित ७८ रन बनाए । ५४ बल खेलेका कालिसले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । रोस टेलरले ३२ र लेन्डल सिमोन्सले १७ रन बनाए ।
लायन्सका अब्दुर रज्जाकले २ तथा थिसारा परेराले एक विकेट लिए ।