News विदेश

सुरु भयो भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय, यसरी खोज्न सकिन्छ युवती !

सुरु भयो भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय, यसरी खोज्न सकिन्छ युवती !

चीनमा भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाउँन थालेको छ। ८९वाइएन.कम नामको वेबसाइट मार्फत गर्लफ्रेण्ड लिन सकिन्छ।

साउथ चाइना मर्निङ पोष्टमा छापिएको समाचार अनुसार दिन हिसावले भाडामा गर्लफप्रन्ड वनाउन पाईन्छ। त्यस्ता युवतीहरुले पार्ट टाईम कामका रुपमा यसलाई सदुपयोग गरिरहेका छन् । चिनियाँ नयाँ वर्ष, लामो सार्वजनिक विदाका बेला गर्लफ्रेन्ड बन्नु पर्ने काम ह्वात्तै बढ्ने गरेको मुमु छद्म नाम भएकी एक युवती वताउँछिन्।

उनले एकदिन गर्लफ्रेन्ड बनेवापत् १४५ अमेरिकी डलर र यात्रा गरेर कुनै ठाउँ जानु प¥यो भने थप शुल्क लाग्ने वताईन। चिनियाँ युवाहरूले विदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर जाने गरेका छन् । अभिभावले विवाहका लागि दिने दवाव कम गर्न यस्तो उपाय सुरु भएको वताईन्छ।

यसरी भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ। ग्रामीण क्षेत्रमा बस्ने एकल पुरूषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन्।

चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ। एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरूषले विवाह गर्छु भन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ।

चीनमा लागु भएको एक सन्तान नीतिले अहिले चीनमा पुरूषभन्दा महिलाको संख्या कम छ। विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छ भन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको हो। 

गर्लफ्रेन्ड

विशेष