News

दुई युवाको कुटपिटबाट वडा सदस्यको नाँकको डाँडी नै भाँचियो

दुई युवाको कुटपिटबाट वडा सदस्यको नाँकको डाँडी नै भाँचियो

पर्वतको फलेवास नगरपालिका– ३ शंकरपोखरीका एक वडा सदस्यलाई स्थानीयवासीले नाकाको डाँडी भाँचिने गरी कुटेका छन् ।

वडा सदस्य ६२ वर्षिय मोतिप्रसाद भुसाललाई स्थानीय अशोक भुषालसहित दुई युवाले कुटपिट गरेको प्रहरीले जनाएको छ। गत स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए। 

कुटपिटका कारण मोतीप्रसादको नाकको डाँडी भाँच्चिएको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

घरायसी कुरामा भनाभन हुँदा वडा सदस्यमाथि दुई युवाहरुले निर्घात कुटपिट गरेको पवर्तका सहायक हवल्दार भेषबहादुर नेपालीले जानकारी दिए ।

घाइतेको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 

विशेष