News

बालिका आश्रममै बालिका असुरक्षित, यौन दुर्व्यवहारको आरोपमा सञ्चालिकाका श्रीमान पक्राउ

बालिका आश्रममै बालिका असुरक्षित, यौन दुर्व्यवहारको आरोपमा सञ्चालिकाका श्रीमान पक्राउ

बालिकामाथि यौन दुर्व्यवहार भएको घट्ना वाहिरिएपछि चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रमकी सञ्चालिकाका श्रीमान पक्राउ परेका छन् ।

बालिकामाथि यौनजन्य दुर्ब्यवहार गरेको आरोपमा बालिकाले आश्रमकी सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर पक्राउ परेका हुन। कक्षा ११ मा पढ्ने १४ वर्षीया बालिकाले आफूमाथि पटकपटक यौनजन्य दुर्व्यवहार भएको आरोप लगाइएकी छन् ।

कृष्णबहादुरको पटक पटकको यौनजन्य दुर्व्यवहारका कारण बालिकागते १८ फागुनमा भागेर साथीको घरमा पुगेकी थिईन। दुर्व्यवहारबारे जानकारी दिँदा पनि आश्रम सञ्चालिका टण्डनले नसुनेको आरोप उनको छ। उल्टै आफूलाई कागज गराइ टण्डनले फागुन १९ मा पारिवारिक पुनर्मिलन भन्दै मकवानपुरस्थित घर पु¥याएको पीडित बालिकाले बताइन् ।

घर पु-याए पनि न्याय पाउनुपर्ने भन्दै चितवन फर्केकी उनले भरतपुर महानगरको बाल कल्याण अधिकारीसमक्ष न्याय मागेकी छन् । उनले फागुन २५ गते भरतपुर महानगरपालिकाका बाल कल्याण अधिकारीसमक्ष निवेदन दिई आफ्नो व्यवस्थापन गरिदिन अनुरोध गरेकी हुन् ।

त्यसपछि पनि बालिकालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा महानगरकी बाल कल्याण अधिकारी शान्ताकुमारी पौडेलको रोहवरमा यौनजन्य दुर्व्यवहारका आरोपित कृष्णबहादुर र आश्रम सञ्चालिका सावित्रीदेवीसहित राखेर भरतपुर महानगरमा छलफल गराइएको थियो ।

छलफलमा आफूमाथि पटक पटक कृष्णबहादुरले बलात्कार प्रयाससमेत गरेको बालिकाले गुनासो गरिन् । उनले आफूमाथि भएको दुर्व्यवहारबारे सञ्चालक समितिका अन्य सदस्यले पनि विश्वास नगरेको पत्रमा उल्लेख गरेकी छन् ।

पछिल्लो पटक आफ्नो जन्मदिनको दिन गत कात्तिक २५ गते कृष्णबहादुरले आफ्नो कोठामा लगेर बलात्कारको प्रयास गरेको बताउँदै आफूले न्याय पाउनुपर्ने बालिकाको माग छ । उनले गलत छुवाइ गर्ने, अँगालो हाल्ने, चुम्बन गर्ने जस्ता क्रियाकलाप पटकपटक दोहो-याएको बताउँदै पीडकलाई कारबाही हुनुपर्ने अडान लिएकी छन् । उनको अडानपछि चैत ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा भरतपुर महानगरकी बालकल्याण अधिकारी पौडेलले आरोपित झिकाइ अनुसन्धान गर्न अनुरोध गर्दै पत्र लेखेकी छन् ।

आरोपित ५७ वर्षीय कृष्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका भरतपुरकै एक अल्पकालीन आश्रयस्थलमा छिन् । बालिका ११ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी थिइन् । मकवानपुर घर भएकी उनको आमाको मृत्यु भएको र बाबु मानसिक समस्यामा रहेका छन् ।

जानकी आश्रमकी सञ्चालिका टण्डन भने बालिकालाई आफ्नो श्रीमानले केही नगरेको दाबी गर्छिन् । उनले बलात्कार प्रयास भएको भनिएको मितिपछि पनि पटकपटक आफ्नो श्रीमानसँग बालिकाले टिकटक बनाएको भन्दै झूटो आरोप लगाएको गुनासो गरिन् ।

तर, छोरीहरुले मायाले बुबा भन्ने भएकाले गालामा चुम्बन गर्नु भनेको सामान्य भएको सञ्चालिका टण्डन बताउँछिन् । १३ वर्षदेखि सञ्चालनमा रहेको आश्रममा पीडितबाहेक ३५ जना बालिका आश्रित छन् । 

देवघाट रामजानकी बालिका आश्रम

विशेष