दुर्गा प्रसाईबाट पूर्वराजा खोस्न राप्रपाका नेता हुल वाँधेर झापामा
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राप्रपाका नेताहरु हुल वाँधेर झापा पुगेका छन्।
केही समयदेखि झापाको दमकलमा रहेका पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी दमक पुगेका थिए।
राप्रपाका नेताहरूसँग पूर्वराजा शाहले दमकमा झन्डै २ घन्टा कुराकानी गरेको जनाईएको छ। भेटमा सहभागी राप्रपाका एक नेताका अनुसार पूर्वराजा शाहले पछिल्लो समय राष्ट्रिय राजनीतिमा विकसित भएका राजनीति घटनाक्रम, बदलिँदो भूराजनीति र देशभित्र देखा परेका अन्य समसामयिक विषयबारे छलफल गरेका थिए।
‘उहाँले पहिला पनि हामीलाई यसो गर, उसो गर भन्नुहुन्थेन। यसपालि पनि त्यस्तो केही भन्नुभएन,’ ती नेताले भने,‘हामीले राजतन्त्र र हिन्दु राष्ट्र एजेन्डा बोक्ने मूल शक्ति हामी नै हौं भन्ने कुरा राख्यौं।’
केही समयअघि पूर्वराजा शाह झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानमा सहभागी भएको विषय कुराकानी नभएको नेताहरुले वताए। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाले अझै प्रतिवद्ध भएर जोडतोडका साथ उठाउन निष्कर्षसहित आजको भेट सकिएको उनले जानकारी दिए।