News

आफ्नै निवासमा मृत भेटिए लामिछाने, मृत्युको कारण खोज्दै प्रहरी

आफ्नै निवासमा मृत भेटिए लामिछाने, मृत्युको कारण खोज्दै प्रहरी

अमेरिका निवासी समाजसेवी कृष्ण लामिछानेको निधन भएको छ। उनी आफ्नै निवासमा मृत भेटिएका छन्।

नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्वअध्यक्ष लामिछाने मंगलबार साँझ टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जनाईएको छ।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि आबद्ध थिए। लामिछानेको मृत्युको कारण खुलेको छैन। मृत्युको कारण पत्ता लगाउन प्रहरीले लामिछानेको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ।

लामो समयदेखि पारिवारिक समस्याले तनावमा रहेको निकटस्थहरूले बताएका छन्। गोर्खा घर भएका लामिछाने अमेरिकामा दुई छोरी र श्रीमतीका साथमा बस्थे। टेक्ससमा व्यवसाय गरेर बसेका उनी त्यहाँ नेपाली समुदायको सेवामा पनि सक्रिय थिए। 
 

कृष्ण लामिछाने

विशेष