News

भावी आईजीपीका लागि ३ जनाको टक्कर, ज्ञवालीको सम्भावना वलियो

प्रहरी संगठनका लागि यस कारण आवश्यक छ ज्ञवालीको नेतृत्व

भावी आईजीपीका लागि ३ जनाको टक्कर, ज्ञवालीको सम्भावना वलियो

सरकारले तीन दिनपछि आर्थत शुक्रवार आईजीपी वढुवा गर्ने तयारी गरेको छ। शनिबारदेखि हालका आईजीपी धिरजप्रताप सिंहको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुने भएपछि सरकारले भावी आईजीपीको छनौट प्रकृया सुरु गरेको हो।

सिंह अन्तिम समयसम्म पनि ३० वर्षे हटाएर आईजीपीमा निरन्तर हुने कोसिसमा छन्। तर उनको प्रयास सफल हुने सम्भावना झिनो बन्दै गएको छ। त्यसैले, भावी प्रहरी महानिरीक्षक (आईजीपी)का लागि तीन जना एआईजी प्रतिस्पर्धामा देखिएका छन्।

पाँच जना प्रतिस्पर्धी मध्ये दोस्रो वरियताका टेकप्रसाद राई र पाँचौ वरियताका किरण बज्रचार्य चुपचाप छन्। पहिलो वरियतामा रहेका वसन्त कुँवर, तेस्रोमा रहेका दिपक थापा र चौथोमा रहेका श्यामलाल ज्ञवाली आईजीपीको दौडमा छन्। ति मध्ये पनि ज्ञवालीको सम्भावना प्रवल देखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ज्ञवाली वा दीपक थापालाई आईजीपी बनाउने पक्षमा छन्। तर नेपाली कांग्रेस पहिलो नम्बरका वसन्त कुँवरलाई नै आईजीपी बनाउनु पर्ने पक्षमा छ। यस्तै, तेस्रो नम्बरमा रहेका दीपक थापा पनि आफू नभए कुँवर नै आईजीपी हुनु पर्ने पक्षमा छन्। 

कांग्रेस सत्ता बाहिर रहेकाले पनि थापा र ज्ञवालीको नाम बढी चर्चामा छ। कांग्रेसले विश्वासको मत दिएर सरकारमा सहभागी हुने भएपछि कुँवरका लागि दबाब बढाउने देखिएको छ। कुँवर डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका थिए। यही सरकारले उनलाई पहिलो नम्बरमै एआईजीमा पनि बढुवा गरेको छ। तर आईजीपी वरियता अनुसार नै हुन्छ भन्ने निश्चित छैन। 

यसअघि पनि पछिल्लो वरियताकालाई सरकारले आईजीपी बनाएको थियो। वरियताको कुरालाई वेवास्ता गरी सरकारले प्रहरी संगठनको भलो चाहाने हो भने ज्ञवाली आईजीपी बन्ने सम्भावना धेरै रहेको सुरक्षा क्षेत्रका जानकारहरु वताउँछन्।

कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका ज्ञवाली कमाण्ड कन्ट्रोलमा राम्रो मानिन्छन्। एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमा समेत ज्ञवालीले काम गरेका थिए। डीआईजी भएपछि कोशी प्रदेश प्रमुख हुनभन्दा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालको प्रमुखको रुपमा ज्ञवालीले काम गरेका थिए। 

एसपी हुँदा रुपन्देही जिल्लाको कमाण्ड गर्नुका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर समेत काम गरेको अनुभव ज्ञवालीसँग छ। ज्ञवाली आईजीपी भएको अवस्थामा नेपाल प्रहरीको इतिहासमा सहोदर दाजुभाइ नै आईजी भएको पहिलो घटना हुनेछ। यसअघि ज्ञवालीका सहोदर दाजु ठाकुर ज्ञवाली नेपाल प्रहरीको आईजीपी भइसकेका छन्।

यो पनि,

आईजीपी श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रहरी महानिरीक्षक

विशेष