News

ओलीले दुई वर्ष अघि उद्घाटन गरेको धराहरा निर्माण सक्न पाँचौ पटक म्याद थप्ने तयारी

ओलीले दुई वर्ष अघि उद्घाटन गरेको धराहरा निर्माण सक्न पाँचौ पटक म्याद थप्ने तयारी

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षअघि नै उद्घाटन गरेको काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहरा पुनर्निर्माणको काम अझै सकिएको छैन। थिए । पुनर्निर्माण नसकिँदै उद्घाटन गरेपछि ओलीको चर्को आलोचना भएको थियो ।

ओलीले जस लिनकै लागि ०७८ वैशाख ११ गते उदघाटन गरेको धरहराको पुनर्निमाणका लागि पाँचौँपटक म्याद थप्ने तयारी भईरहेको छ। निर्माण कम्पनी जीआईईपीसी–रमन–कन्ट्रक्सनले पाँचौँपटक म्याद थपको माग गरेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनर्निर्माणको काम कहिले सकिने भन्ने टुंगो लागेको छैन ।

ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले म्याद थपका लागि माग गरिएकाले पुनर्निर्माणबारे अहिले बोल्न नमिल्ने बताए । पाँचौँपटक म्याद थप गर्नका लागि सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयलाई निवेदन दिइसकिएको उनले वताए ।

पुनर्निर्माण नसकिँदै धरहराका जडान गरिएका लिफ्ट पनि जीर्ण बन्दै गएका छन् । धरहराको तल–माथि आवतजावत गर्न जडान गरिएका दुवै लिफ्ट जाम भएका छन् ।

०७२ साल वैशाख १२ को भूकम्पले धरहरा क्षतिग्रस्त बनेको थियो । त्यसपछि ०७२ फागुन ४ गते धरहरा पुनर्निर्माणका लागि तत्कालीन प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान चलाएका थिए । 

त्यसपछि ०७५ पुस ५ गते ओलीले धरहराको शिलान्यास गरेका थिए । धरहरा पुनर्निर्माणको काम अहिलेसम्म वित्तीयतर्फ ७० प्रतिशत र भौतिकतर्फ ८० प्रतिशत मात्रै सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । 

ठेकेदार कम्पनीका अनुसार अहिलेसम्म धरहरा पुनर्निर्माणमा दुई अर्ब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा धरहरा पुनर्निर्माणका लागि तीन अर्ब ४८ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम ०७७ सालमै पुनर्निर्माण सकिनुपर्ने थियो । तर, कोरोना महामारीलगायतलाई कारण देखाउँदै पटकपटक म्याद थप हुँदै आएको छ ।  
४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिएपछि भित्रबाट २२ तलाको छ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहसहित कतिपय स्थानीयवासीले यो धरहराको आलोचना गर्दै आएका छन् ।

जस लिनका लागि ओलीले धरहरा पुनर्निर्माण गराएर देशलाई आर्थिक भार थपेको धेरैको वुझाई छ। अरवौं रुपैयाँ खर्च गरेर पनि समयमा निर्माण कार्य नसकिदा धरहरा र ओलीप्रतिको आक्रोश वढ्दै गएको छ।

धराहरा

विशेष