News

भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा नघट्ने

भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा नघट्ने

भारतबाट ग्यासबाहेक अरु इन्धनको मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य तत्काल नघटाउने भएको छ ।

भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले पछिल्लो पटक पेट्रोलियम पदार्थको मुल्य घटाएर पठाएको छ।

पछिल्लो सूची अनुसार खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । तर उपभोक्ता मूल्य अहिलेलाई यथावत राख्ने निर्णय भएको निगमले जनाएको छ ।

हिजो प्राप्त इन्धनको नयाँ सूची अनुसार डिजलको भाउ ५ रुपैयाँ ५ पैसाले घटेको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टीतेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले घटेर आएको छ । खाना पकाउने ग्यासको लागत प्रति सिलिण्डर ३ सय ३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा हुनेछ । ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व बाँकी नै रहेको निगमको भनाइ छ । 

विशेष