News विदेश अपराध सुरक्षा

जागिरको प्रलोभनमा किशोरीको तस्करी, दिल्लीको फ्ल्याटमा राखेर यौन धन्दा

जागिरको प्रलोभनमा किशोरीको तस्करी, दिल्लीको फ्ल्याटमा राखेर यौन धन्दा

भारतको राजधानी नयाँ दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका १० नेपाली किशोरीको उद्वार गरिएको छ।

उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखन विरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त प्रयासमा उनीहरुलाई बिहीबार उद्वार गरिएको हो।

‘मिसन फ्ल्याट’ नामको अप्रेसन चलाएर उनीहरुलाई उद्वार गरिएको जनाईएको छ। उद्वार गरिएका महिलाहरुको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष छ । उनीहरु नुवाकोट, काठमाडौं, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ ।

उद्वार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताइन् । मिसन फ्ल्याटका बारेमा बताँउदै नेपाली राजदुतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्टपछि शक्ति समूह, कीन इण्डिया र स्थानिय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये १ जना युवतीलाई फेला पारेको बताए ।

प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दुतावासमार्फत भएको पहलमा ती युवतीले हराएका बाँकी ३ जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारवाहीमा हराएका २ जनासहित थप ७ जना नेपालीहरु फ्ल्याटबाट फेला परेको उनले बताए ।

कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनिहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा मार्नु परेको र ४८ घण्टाको निरन्तरको खोजिपछि महिलाहरुको उद्वार गरिएको बताए। 

प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलवमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पुर्याउने गरेको र दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनीहरुलाई फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ । 
 

विशेष