News

शिखरका सञ्चालक फरार भएपछी कर्मचारीले नै कर्पोरेट सीईओको कार्यकक्ष घेर्ने तयारी

यस्तो छ शिवशिखर र तुलसी सहकारीको वास्तविक अवस्था

शिखरका सञ्चालक फरार भएपछी कर्मचारीले नै कर्पोरेट सीईओको कार्यकक्ष घेर्ने तयारी

 शिखर अर्गनाइजेसन ग्रुप अन्तर्गतका शिवशिखर र तुलसी सहकारी संस्था टाट पल्टिएको हल्लाले वचतकर्ताहरु त्रसित छन्। अध्यक्षसहित अधिकांश सञ्चालक सम्पर्कविहिन छन् भने कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सहकारी डुवेको हल्लासँगै काठमाण्डौ स्थित कर्पोरेट कार्यालय समेत अज्ञात स्थलमा सारिएको छ। आफनो पैसा डुब्न लागेको आशंकामा आत्तिएका वचतकर्तालाई विभिन्न ठाउँमा शाखा रहेको शिवशिखर र तुलसी सहकारीका ब्रान्च म्यानेजर (बिएम) र रिलेसनसिप मेनेजर (आरएम) ले थामथुम पारेर अल्मल्याईरहेका छ।

वचत फिर्ता नदिने र विभिन्न आश्वासन मात्र दिने कर्मचारीको ब्यवहारले वचतकर्ताहरु आक्रोशित छन। उनीहरुको धैर्यधारण गर्ने क्षमता कमजोर हुँदै गएको छ। वचतकर्ता र सरोकारवालाको कचकच थाम्न नसक्ने अवस्था आएपछि बिएम र आरएम मिलेर काठमाण्डौं स्थित शिखर अर्गनाइजेसन ग्रुपको कार्यालय र त्यसका आधिकारीक ब्यक्तिलाई घेर्ने तयारी गरिरहेको पाईएको छ।

विएम र आरएमहरुले पूर्वसिइओ पुस्कर मल्ल, सिइओ मोहन मिक्की गिरी र शेयरहोल्डर जनक राउतलाई घेरेर दबाब दिने तयारी गरिरहेको सहकारी स्रोतले जनाएको छ। सहकारीका सबै सञ्चालक एवम अध्यक्ष केदारनाथ शर्माकी श्रीमती र छोरासहित भूमिगत भएपछि विएम र आरएम जवाफ बिहिन छन्।

वचतकर्ताहरु भने पैसा फिर्ता नपाएपछि आत्महत्या गर्ने चेतावनी दिन थालेका छन्। वचतकर्ताले कर्मचारीहरुलाई भ्वाईस म्यासेज पठाउँदै आफनो खातामा पैसा नहाले आत्महत्या गर्ने चेतावनी दिएको पाईएको छ। 

शिखर अर्गनाइजेसन ग्रुपका सिइओ गिरीले भने मिडियामा आए जस्तो समस्या नभएको वताउँछन्। सहकारीमा केही समस्या देखिएपनि मिडियाले गलत प्रचार गरेको उनको भनाई छ। सञ्चालकहरु फरार भएको हल्ला पनि सत्य नभएको दावी गरेका उनले यति धेरै प्रोपर्टी भएकाले भाग्नु पर्ने अवस्था नै नभएको बताए। कार्यालय सारिएको विषय पनि गिरीले अस्विकार गरे।

यता, अध्यक्ष केदारनाथ शर्मा भने लामो समयदेखि फरार छन्। उनी भारतमा लुकेर वसेको चर्चा छ। सुकेधारा स्थित घरमै पुगेर होहल्ला र धम्की सुरु भएपछि उनकी श्रीमती गिता र छोरा कार्ल्स पनि फरार भएका छन् ।

स्रोतका अनुसार सिइओ गिरी, पूर्वसिइओ मल्ल र शेयरहोल्डर राउतको योजना अनुसार नै बाध्य भएर केदारनाथ शर्मा फरार भएका हुन। उनीहरुले शर्मालाई प्रत्यक्ष रुपमा अगाडि आउनै नदिने र सम्पुर्ण कारोवार हत्याउने रणनीति वनाएको वताईन्छ।

यो पनि,

तुलसी सहकारी केदारनाथ शर्मा शिखर अर्गनाइजेसन ग्रुप शिव शिखर

विशेष