News

चीनले वनाई दिएको कलंकी–बल्खु सडकको बेसलाइन फेल, ४ वर्षमै भत्काईदै

चीनको काम, गन्दै नगन

चीनले वनाई दिएको कलंकी–बल्खु सडकको बेसलाइन फेल, ४ वर्षमै भत्काईदै

सडक डिभिजन कार्यालय काठमाडौंले कलंकीदेखि बल्खुसम्म पर्ने सर्भिस लेन धमाधम भत्काउन थालेको छ। सो क्षेत्रको सडकको बेसलाइन नै फेल भएकाले कालोपत्रे उप्काइएको विभागका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए ।

चीन सरकारको सहयोगमा चार वर्ष अघि निर्माण भएको कलंकी–बल्खु सडकखण्ड अन्तर्गत झण्डै एक किलोमिटर सडकको बेसलेयर नै फेल भएको पाइएकाले पुरानो संरचना उप्काएर नयाँ कालोपत्रे गरिने उनी बताउँछन् । ‘बेस लेयरको विभागी टेस्ट गर्दा बेस नै फेल भएको पायौं, जसका कारण पुरानो सबै संचरना उप्काएर नयाँ कालोपत्रे गर्नुपर्ने भएको छ’ उनले भने ।

अर्बौं लगानी गरेर बनाएको यो सडक भत्काएकोमा सर्वसाधारण भने आश्चर्यमा छन् । सडक डिभिजनका इन्जिनियर नेत्र पौडेलका अनुसार सडक डिभिजन काठमाडौं र ललितपरले उपत्यकामा रहेका सबै सडकहरुको अवस्था निरीक्षण गरिरहेको छ। त्यही अनुसार कलंकीदेखि बल्खुसम्म रहेको १३०० मिटर सडकको सर्भिस लेनमा बेस कमजोरी अर्थात बेस फेल्ड भएको समस्या देखिएपछि भत्काउन थालिएको हो।

उनका अनुसार यो सडकखण्डमा बेस कमजोर भएका कारण कालोपत्रे चर्किने, कतै खाल्डो पर्ने जस्ता समस्या देखिएका थिए। त्यसपछि सबै समस्याको बारेमा सडक विभागमा छलफल गरी यो सडक पुनर्निर्माण गर्नेगरी विभागले निर्णय गरेको छ। त्यही अनुसार विभागले यो सडकसहित ५ वटा सडकको निर्माण गर्न भ्याटबाहेक साढे २९ करोडमा ठेक्का लगाएको उनले बताए।

जसमा कलंकीदेखि बल्खु, बालकुमारी पुलदेखि कोटेश्वरसम्म, महाराजगञ्जदेखि लैनचौरसम्म, लैनचौरबाट बालाजु बाइपाससम्म र साँखुदेखि भोटेचौरसम्मको सडकहरु मर्मतसम्भार गर्न ठेक्का लगाइएको हो।

यो सडकको मर्मतसम्भारका लागि विश्व बैंकले सहयोग गरेको छ। यो सडकमा बेस राम्रोसँग हालेर फेरि कालोपत्रे गर्ने योजना रहेको उनले बताए। 

कलंकी–बल्खु सडक

विशेष