News

नेपाल प्रहरीको आईजीपीमा कुँवर नियुक्त, आन्तरिक शुद्धीकरण गर्ने प्रतिवद्धता

नेपाल प्रहरीको आईजीपीमा कुँवर नियुक्त, आन्तरिक शुद्धीकरण गर्ने प्रतिवद्धता

नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)मा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो । 

कुँवर नेपाली कांग्रेस निकट मानिन्छन्। उनलाई आईजीपी नियुक्त गर्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका थिए। कुँवर केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । कुँवर यसअघि मधेश प्रहरी प्रमुख थिए ।

सरकारले चैत ६ गते कुँवरसँगै डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा गरेको थियो । एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।

आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् ।

नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उनले भने, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’

आफूले प्रणालीगत थिति बसाउने गरी काम गर्ने बताउँदै कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने बताए । ३० वर्षे सेवा अवधि कायमै रहे उनीले एक वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन् ।

आईजीपी वसन्त कुँवर

विशेष