News

विष्णु पौडेलको धम्कीः जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ

विष्णु पौडेलको धम्कीः जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन्।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो वताएका हुन। सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने उनको दाबी छ।

सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलले तर्क गरे। ‘यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन । सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । आजै बनिसकेको छ । अहिले नै तपाईँ देखिरहनु भएको छ, मन्त्रालयको बाँडफाँड गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगीसकेको छ’ उनले भने–‘देशको अर्थतन्त्र एकदम धरापमा परेको छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ ।’

यस क्रममा उनले एमाले राष्ट्रिय राजनीतिको मियो रहेको भन्दै एमालेबिना राष्ट्रिय राजनीति एक इन्च पनि अगाडि बढ्न नसक्ने बताएका थिए ।

उनले अहिलेको गठववन्धन आफूहरूले चाहेकै बेला भत्काउन सक्ने चेतावनी दिए। सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको जिकिर गरेका उनले ‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ तर हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौं,’ भने । 
 

विशेष