News

हेलीकप्टर पाईलटले एटीसीसँग अश्लील शब्द बोलेपछि...

हेलीकप्टर पाईलटले एटीसीसँग अश्लील शब्द बोलेपछि...

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोलेको आरोपमा अन्नपूर्ण हेलिकप्टरका पाईलटलाई कारवाही गरिएको छ। ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ ति पाईलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं–लुक्ला उडानका क्रममा ति पाईलटले टावरसँग अश्लील शब्द बोलेका थिए। निलम्वन (ग्राउन्डेड) गरिएका उनको नाम प्राधिकरणले खुलाएको छैन।

‘२१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको छ’, निरौलाले भने । त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ ।

एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनैजना पाइलटले अर्को निर्णय नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् । 

विशेष