News

मुख्यमन्त्री कार्यालयमा आन्दोलन गर्न खोज्दा लिम्वुको ज्यानै गयो

मुख्यमन्त्री कार्यालयमा आन्दोलन गर्न खोज्दा लिम्वुको ज्यानै गयो

प्रदेशको नाममा असहमती जनाएर आन्दोलन गरिरहेका धरान–१५ का पदम लिम्वु ‘लाजेहाङ्ग’को शुक्रबार मृत्यु भएको छ। बिहान करिव साढे २ वजे उनको मृत्यु भएको ‘पुनः नामांकन संयुक्त संघर्ष समिति’ले जनाएको छ।

कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा लिम्वु घाइते भएका थिए। विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए ।

टाउकोमा चोट लागेका उनलाई बुधबार राति बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। बान्ता गरेपछि बेहोस अवस्थामा उनलाई त्यहाँ पुर्याईएको जनाईएको छ। आईसीयूमा उपचाररत् पदमलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको बेला मृत्यु भएको हो।

संघर्ष समितिले भने विज्ञप्तिमार्फत लिम्बूको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ । उनलाई शहीद घोषणा गर्नुपर्ने पनि माग राखिएको छ । लिम्वु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । उनी २०५२ देखि लिम्बुवान आन्दोलनमा थिए ।
 

कोशी प्रदेश

विशेष