News खेल

पोर्चुगलको जितमा रोनाल्डोले बनाए नयाँ किर्तिमान

पोर्चुगलको जितमा रोनाल्डोले बनाए नयाँ किर्तिमान

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ किर्तिमान वनाएका छन्। युरोकप ०२४ को छनोटमा रोनाल्डोको किर्तिमानसँगै पोर्चुगलले सानदार जित निकालेको छ। 

पोर्चुगलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लिचेस्टाइनमाथि ४–० को सानदार जित निकाल्यो। पोर्चुगलको जितमा कप्तान रोनाल्डोले २ तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले १–१ गोल गरे।

पोर्चुगलले क्यान्सेलोको गोलबाट खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो। पहिलो हाफ १–० स्थितिमा सकिएको खेलको ४७औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। ५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे। त्यसपछि ६३औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत् व्यक्तिगत दोस्रो गोल गरे। 

यो जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ। पराजित लिचेस्टाइनले अंक जोड्न सकेको छैन। बिहीबार रातिको खेलसँगै रोनाल्डो देशका लागि सर्वाधिक धेरै अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन्। रोनाल्डोको यो १९७ औं अन्तराष्ट्रिय खेल हो।

उनी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्। रोनाल्डोले कीर्तिमानी १२० गोल गरिसकेका छन्

क्रिस्टियानो रोनाल्डो

विशेष