News

आईजीपी वढुवामा दवाव वढाउँदै देउवा, कुँवरका लागि प्रचण्डलाई फोन

आईजीपी वढुवामा दवाव वढाउँदै देउवा, कुँवरका लागि प्रचण्डलाई फोन

प्रहरी महानिरीक्षक (एआईजी) नियुक्तीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दबाव वढाउन थालेका छन् । देउवाले दाहाललाई फोन गरेर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई आईजीपी बनाउन दवाव दिएको वताईएको छ।

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले कुँवरलाई आईजीपी बनाउन भन्दै दाहाललाई टेलिफोन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। कुँवर कांग्रेस निकट मानिन्छन्। देउवा नेतृत्वको सरकारले कुँवरलाई गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरेको थियो। दाहाल नेतृत्वको सरकारले गत साता पहिलो नम्बरमा नै बढुवा गरेको हो।

केही दिनमै सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले कुँवरलाई आईजीपी बनाउन जोड गरिरहेको छ। दाहालले भने एमाले निकट मानिने श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने चर्चा छ। ज्ञवालीलाई आईजीपी बनाउन माओवादीका नेताहरु पनि लागि परेका छन्। 

आजै बस्ने मन्त्रिपरिषद् बैठकले शनिबारदेखि नेतृत्व लिनेगरी आईजीपी नियुक्त गर्ने छ। अब बन्ने आईजीपीले अहिलेकै अवस्थामा पनि २ वर्ष नेतृत्व गर्नेछन्। तर संघीय प्रहरी ऐन बनाउने तयारी अगाडि बढेकाले ३० वर्षे हट्ने र आईजीपीको कार्यकाल लम्बिने छ। आईजीपीका लागि कुँवर र ज्ञवालीसँगै एआईजीहरु टेकप्रसाद राई, दीपक थापा र किरण बज्रचार्य पनि दाबेदार छन्।
 

आईजीपी वसन्तबहादुर कुँवर

विशेष