News विदेश

मुख सम्हाल्न नसक्दा राहुल गान्धीको सांसद पद गयो 

मुख सम्हाल्न नसक्दा राहुल गान्धीको सांसद पद गयो 

मुख सम्हाल्न नसक्दा भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद रद्द भएको छ। भारतका विपक्षी नेता तथा कांग्रेसका पूर्व अध्यक्षसमेत रहेका गान्धिलाई अदालतले २ वर्षको जेल सजाय सुनाएको भोलिपल्ट शुक्रबार भारतीय संसद सचिवालयले उनको पद रद्द गरेको हो ।

उनी भारतको केरला राज्यको वायनाडबाट लोकसभा सदस्य निर्वाचित भएका थिए । भारतीय जनप्रतिनिधि कानुनअनुसार दुई वर्षको सजाय भए उसको पद रद्द हुन्छ । गान्धीलाई सुरतको अदालतले दुई वर्षको जेल सजाय सुनाएकाले उनको पद गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी यस कानुनअनुसार अब ६ वर्ष चुनाव पनि लड्न पाउँदैनन् । 

यद्यपि संसद सचिवलायलेको यो निर्णय र अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् । २०१९ को चुनावको समयमा गान्धीले ‘सबै चोरको सरनेम मोदी किन हुन्छ’ भन्दै भाषण गरेका थिए । सोही विषयमा अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको हो ।
 

राहुल गान्धी

विशेष