News

माधव नेपालले ओलीलाई सोधे– पार्टी एकताको लागि तयार हो ?

माधव नेपालले ओलीलाई सोधे– पार्टी एकताको लागि तयार हो ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘पार्टी एकताका लागि तयार हो ?’ भन्दै प्रश्न गरेका छन्।

पार्टी भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले फेरि नेकपा ब्युँताउने भन्दै ओलीलाई यस्तो प्रश्न गरेका हुन। उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर नेकपा ब्युँताउन प्रस्ताव गरेको बताए ।

‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग मेरो कुराकानी भया’ उनले भने–‘मैले उहाँलाई पनि भने हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’

राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको उनले बताए । ‘अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ?’ ओलीलाई प्रश्न गर्दै उनले भने–‘ल ठीक छ, पार्टी एकताको लागि को–कोले के–के त्याग गर्नुपर्ने हो तयार हुनुप¥यो !’
 

विशेष