News

एनआरएन अभियन्ता लामिछानेको मृत्युः श्रीमती र छोरीको मिलेमतो !

एनआरएन अभियन्ता लामिछानेको मृत्युः श्रीमती र छोरीको मिलेमतो !

अमेरिकाको टेक्सासस्थित घरमै मृत फेला परेका एनआरएन अभियन्ता कृष्ण लामिछानेको हत्या भएको आशंका गरिएको छ। २१ मार्चमा उनको मृत शव घरमा फेला परेको थियो।

टेक्सस राज्यको डालसमा सहरमा बस्ने कृष्ण लामिछानेले श्रीमती र छोरीको यातना सहन नसकेर आत्महत्या गरेको दाबी त्यहाँका नेपालीले गरेका छन् । कृष्णको परिवारले समेत श्रीमती र छोरीको यातनाले कृष्णले आत्महत्या गरेको दाबी गरेका छन् ।

कृष्णका बुबा रामप्रसाद लामिछानेले छोराको पार्थिव शरीर हेर्ने चाहना भएको भन्दै दाहसंस्कार सार्न निवेदन दिएका छन् । बुबाको पासपोर्टको प्रक्रिया चलिरहेको र आइतबार पासपोर्ट बनेपछि भिसा प्रक्रिया थाल्ने छोरा कपिलले बताए ।

छोराको असहज परिस्थितिमा मृत्यु भएको जानकारी आएको हुँदा आफूलाई छोरोको मुख हेर्न चाहना भएको भन्दै उनले बिहीबार दाहसंस्कार सार्न निवेदन दिएका थिए । गत मङ्गलवार नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्व अध्यक्ष लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

अमेरिकामै रहेका कृष्णका एक आफन्तले आत्महत्या घरकै मान्छेको मिलेमतो भएको दाबी गरेका छन् । घटना हेर्दाखेरि उनीहरूको संलग्नता नभएपनि उनीहरूको मिलेमतो रहेको बताईन्छ। उनी लामो समयदेखि पारिवारिक समस्याले तनाव थिए । 

कृष्णको आत्महत्यापछि कृष्ण र उनी श्रीमती मालाबीच भएको झगडाको भिडिओ क्लिप पनि बाहिरिएको छ । जसमा उनको श्रीमतीले कृष्णलाई १८ वर्षको कमाई लुकाएको भन्दै चिरेर नुन खुर्सानी हालेर झुन्डाउनु पर्ने बताएकी छन् ।

उक्त संवादमा कृष्णको छोरीको पनि आवाज सुनिएको देखिन्छ । उक्त आवाजमा कृष्णकी छोरीले पछाडिबाट आमाले त मार्नु पर्ने हो भनेको आवाज सुन्न सकिन्छ । उनलाई झुन्डाउनु पर्ने भनिएको छ । लामिछानेलाई अपराधी, पापी को रूपमा चित्रण गरिएको छ ।

प्रतिउत्तरमा लामिछानेले आफूलाई कुनै पनि समयमा जेसुकै पनि हुन सक्ने बताएको भिडियोमा सुन्न सकिन्छ । सो झगडाको बेला कृष्णले नेपालमा रहेका भाइ कपिलसँग मेसेन्जरमा कुराकानी गरेका थिए, जसका कारण सो रेकर्ड बाहिरिएको बताइन्छ ।

कृष्णलाई श्रीमतीले लामो समयदेखि शारीरिक र मानसिक यातना दिएको आरोप छ। पछिल्लो केही समय उनलाई घरमै थुनेर ड्राइभिङ लाइसेन्स समेत खोसेर राखिएको नेपाली समुदायले बताएका छन् । उनले यातना सहन नसकेर आत्महत्या गरेको बताइएको छ ।

कुटपिटका कारण उनको जिउमा चोटहरू थिए र ती उनले सार्वजनिक समेत गरेका थिए । कुटपिटबाट उनी निकै गलिसकेको र जीवनबाट निराशा व्यक्त गरेको उनका साथीहरूले बताउने गरेका छन् । मालाले कृष्णमाथि आफूले कमाएको सम्पत्ति सामाजिक अभियन्ता बनेर सकेको र नेपालमा अर्को केटी राखेको आरोप लगाउने गरेकी थिइन् ।

अहिले मालाको फेसबुक डियक्टिभ गरिएको छ । कृष्ण लामिछानेको परिवारले मालाकै यातनाका कारण आत्महत्याको घटना भएको भन्दै यसको छानविन हुनुपर्ने बताएका छन् । गोर्खा घर भएका लामिछाने अमेरिकामा दुई छोरी र श्रीमतीका साथमा बस्थे । उनी प्राय नेपाल आउने बेला एक्लै नै आउने गर्थे । पछिल्लो पटक उनी एनआरएनएको निर्वाचनमा नेपाल आएका थिए ।

त्यतिबेला उनले आफू अमेरिका बस्न नसक्ने बरु इन्डिया जाने जस्ता कुरा गरेका थिए। टेक्ससमा व्यवसाय गरेर बसेका उनी केही समय अघि भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा पराजित भएका थिए । 

कृष्ण लामिछाने

विशेष