News

बाबुरामको खुलासाः यो गठबन्धन लामो समय जाँदैन

बाबुरामको खुलासाः यो गठबन्धन लामो समय जाँदैन

सत्ता सहयात्री दलकै नेताहरुले वर्तमान १० दलिय गठवन्धनको भविष्यमाथि आशंका गर्न थालेका छन् । मन्त्रालय वाँडफाटमा भईरहेको लुछाचुँडीकै बीचमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यो गठवन्धन लामो समय नजाने खुलासा गरेका हुन।

नेपाल समाजवादी पार्टी अध्यक्षसमेत रहेका भट्टराईले शनिबार सुर्खेतमा आयोजित पार्टी प्रशिक्षणमा नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी नभएको बताए। सबै दललाई सत्ता चाहिएकाले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण गठवन्धन लामो समय नजाने उनको भनाई छ।

वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने र  देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहे पनि हालको गठबन्धन लामो समयसम्म टिक्नेमा भने अविश्वास रहेको उनले औंल्याए। ‘राजनीतिक भनेको शक्ति केन्द्र हो। कति बेला के हुन्छ, थाहै हुँदैन’ उनले भने–‘यो सरकार स्थिर भएर अगाडि बढोस् भन्ने हो तर संकेत त्यस्तो देखिँदैन।’

उनले नेकपा माओवादी केन्द्रसँग गाभिन वार्ता टोली बनाएर छलफल चलिरहेको जानकारी दिए। दुई पार्टीभन्दा सबै कम्युनिस्टलाई एकै ठाउँ ल्याएर समाजवादी दल खोल्नुपर्ने मान्यतामा आफू रहेको उनको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्म विपरीत भएको उनको दाबी छ। 

विशेष