News

आरजुलाई गोकुल बास्कोटाको चुनौती– लौन भाउजू ! कांग्रेसी दम हेर्न आतुर छु

आरजुलाई गोकुल बास्कोटाको चुनौती– लौन भाउजू ! कांग्रेसी दम हेर्न आतुर छु

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई उप चुनावमा एक्लै कांग्रेस उम्मेदवार उठाएर देखाउन चुनौती दिएका छन् ।

साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देख्छ भन्दै उनले आरजुले कांग्रेसलाई निकै बलियो ठानेको भन्दै कसैको बैशाखीबिना उपचुनाव लडेर देखाउन चुनौती दिएका हुन।

बास्कोटाकै गृह जिल्ला काभ्रे पुगेर आरजुले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेकी थिईन। शनिवार तरुण दलको कार्यक्रममा गोकुल बास्कोटासँग पराजित कांग्रेस नेता शिव हुमागाईँलगायतले कांग्रेसकै नेता कार्यकर्ताले सूर्यमा भोट हालेको आरोप लगाएपछि आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको बताएकी थिइन् ।

मिसन ग्रासरुटको अभियानका क्रममा चितवन खटिएका बास्कोटाले आरजुलाई ट्वीटर मार्फत जवाफ दिएका हुन।

‘आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ।’ बास्कोटाले लेखेका छन्–‘म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू, तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त !

आरजु देउवा गोकुल बास्कोटा

विशेष