News

नेपाल कमर्स क्याम्पसमा मतपत्र च्यात्ने नेविसंघका तीन कार्यकर्ता पक्राउ

नेपाल कमर्स क्याम्पसमा मतपत्र च्यात्ने नेविसंघका तीन कार्यकर्ता पक्राउ

नेपाल कमर्स क्याम्पस मिनभवनमा मतपत्र च्यात्ने सत्तारुढ गठबन्धनका तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्ववियु निर्वाचनका लागि मतदान गर्न विद्यार्थी लाइन बसिरहेका बेला ति विद्यार्थीले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछि बिहान ८ बजेदेखि लाइनमा बसेका विद्यार्थीलाई प्रहरीले तितरबितर पारेको छ ।

मतदान स्थलमा खटिएका प्रहरी निरीक्षकले मतपत्र च्यात्ने तीन जनालाई पक्राउ गरिएको बताए । माथिको आदेश भन्दै कलेजमा खटिएका प्रहरीले मतदानमा जान लागेका विद्यार्थीलाई रोकेका छन् । सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले मतदानमा अवरोध सिर्जना गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले गठबन्धन गर्दा पनि चुनाव हार्ने भएपछि सत्तापक्षले प्रहरी लगाएर मतदान रोकेको बताए । प्रहरीले अहिले कलेजभित्र कसैलाई छिर्न दिएको छैन । 
 

नेपाल कमर्स क्याम्पस

विशेष