News

चीनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैन

चीनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैन

संविधान सभा सदस्य विपी यादवले चीनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन्।

राष्ट्रिय एकता अभियानले आइतबार काठमाडौंमा आयोजना गरेको ‘नेपालप्रति चीनियाँ अभ्यास र असर’ विषयक विचार–गोष्ठीमा बोल्दै उनले यस्तो वताएका हुन। उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे।

‘कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने गरेको छ’ उनले भने–‘चीनको विस्तारवादी नीतिलाई हामी सबै मिलेर नरोकेसम्म नेपालको विकास सम्भव छैन।’

विश्लेषक बुद्ध छोरिङ लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए। ‘चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ’ उनले भने–‘चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरेको स्पष्ट छ।’

वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिए। उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए।

सीताराम अग्रवालले चीनले पछिल्लो समय नेपालको भूभाग मिचेको विषयमा आपत्ति जनाए। चीनियाँ नागरिकले नेपालमा अवैध गतिविधि गरिरहेकाले देशको सुरक्षामा नै खतरा उत्पन्न भईरहेको उनले वताए ।

यसैगरी, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, शहीद परिवारका सदस्य एवं प्रधानमंत्री सचिवालय सदस्य बबिता ठाकुर, पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष अम्बिका दहाल लगायतले चीनको विस्तारवादी नीतिलाई जरैदेखि फाल्नु पर्नेमा जोड दिए।

राष्ट्रिय एकता अभियान

विशेष