News

रवि लामिछानेसँग खोसिएको मन्त्रालय नारायणकाजीलाई दिने तयारी

रवि लामिछानेसँग खोसिएको मन्त्रालय नारायणकाजीलाई दिने तयारी

सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेसँग खोसेको गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले आफनै पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई दिने तयारी गरेका छन् ।

नागरिक्ता विवाद सकिएपछि लामिछानेले गृहमा आफुलाई फर्काउन दाहालसँग आग्रह गरेका थिए। लामिछानेको आग्रह अस्विकार गरेका दाहालले नेपाली कांग्रेसलाई पनि नदिएर गृहमन्त्रालयमा नारायणकाजीलाई ल्याउने तयारी गरेका हुन। 

दाहालको सचिवालय स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् । तत्कालीन एमालेसहितको गठबन्धन रहेका बेला लामिछानेले गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि माओवादीका श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सरकारमा गएका थिए ।

स्रोतका अनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको हो । यसैबीच भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि उपप्रधानमन्त्री श्रेष्ठले आइतबार पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी लिएको करिब सय दिनमा गरिएको काम र सुरुवात भएको कामका बारेमा जानकारी दिन उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्न लागेको मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले बताए ।

श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलालमोदी सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । तर, सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।

कांग्रेसले सञ्चार मन्त्रालयमा दाबी गरिरहेको भए पनि सरकारको नेतृत्व नै माओवादी अध्यक्ष प्रचण्डले गरिरहेको अवस्थामा सरकारको प्रवक्ताको जिम्मेवारी माओवादीले नै लिनुपर्ने अडानका कारण कांग्रेस पछि हटेको छ । 

रवि लामिछाने गृह मन्त्रालय नारायणकाजी श्रेष्ठ

विशेष