News

अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी

अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेपबाट वनेको दाबी गरेका छन्। 

आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले यस्तो वताएका हुन। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसहितको गठबन्धनमा प्रधानमन्त्री हत्याएर धोका दिएको आरोप पनि लगाए। 

अहिले प्रधानमन्त्री दाहाललाई सरकार विस्तार गर्न पनि चर्को समस्या परिरहेको टिप्पणी गर्दै उनले भने, ‘यो सरकारको ध्यान जनताको समस्यातिर छैन।’ 

प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएपनि आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न नसकेको भन्दै उनले भने, ‘हामी सुन्दैछौं– ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ। यति सिट, उति सिटका दाबी भनेर आइरहेका छन्।’

उनले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको बताए। ‘सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ। सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन। पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ। जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं।’

विशेष