News

दुर्गेश थापाविरूद्ध फेरी कस्ले हाल्यो उजुरी ?

दुर्गेश थापाविरूद्ध फेरी कस्ले हाल्यो उजुरी ?

गायक दुर्गेश थापाविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको छ। पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध उजुरी परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टका अनुसार थापाविरूद्ध आइतबार ठाडो निवेदन परेको हो।

‘साथीभाइबीच कै कुरा हो जस्तो छ। पिकनिकमा जाँदा दुर्गेश थापाले कुटेको भन्दै उजुरी परेको छ,’ भट्टले भने, ‘उनलाई फोन गरी बोलाएका छौं।’ दुबै पक्षलाई मंगलबार महाराजगञ्जमा बोलाएर छलफल गर्ने प्रहरीको तयारी छ। 

दुर्गेश थापा बेला बेला विवादमा परिरहने ब्यक्ति हुन। अभिनेता पल शाहमाथि एक नाबालिकाले बलात्कारको जाहेरी दिएपछि पनि उनी विवादमा मुछिएका थिए । नाबालिकालाई उक्साएको र पलको स्टारडम सिध्याउन योजना बुनेको गम्भिर आरोप उनीमाथि लागेको थियो।

पलले अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुगेश थापालाई बहिष्कार गर्ने, हार्दिक श्रद्धाञ्जली लेखेर पोस्ट गर्ने क्रम बढेको थियो। यतिमात्र नभएर पूर्व निर्धारित कार्यक्रमबाट समेत दुर्गेशको नाम हटाईएको थियो। वागलुङको गलकोट स्थाइ घर भएका दुर्गेश भारतीय सेनाबाट भागेको घटनाले उनी नेपाल फर्किएर पनि लामै समय घर जान पाएनन् । तर, मनोरञ्जन क्षेत्रमा स्थापित हुँदै गएपछि भने उनलाई परिवारले स्विकार्यो ।

‘बिच्च बिच्चमा’ गीत गाएका दुर्गेश उक्त गीतका कारणले पनि विवादमा परे । उनलाई नेपाली पर्वको गलत व्याख्या गरेको आरोप लाग्यो । महिलाको पहिरनमा देखिएका उनी र उनको समुहको यो भिडियोलाई लिएर तेस्रो लिङ्गीहरुको समूह समेत आक्रोशित भएको थियो । महिलाको पर्वमा पुरुषको त्यस प्रकारको प्रस्तुतलिाई हिन्दु धर्मावलम्बीले समेत मन पराएका थिएनन् ।

दुर्गेशको ह्याप्पी तिहार गीतको शब्दलाई लिएर त उनी प्रहरी हिरासतसम्म पुग्नु पर्यो । बियरको प्रचार गरेको उनीमाथि आरोप थियो । तिहारको महिमामाथि नै प्रश्न चिन्न खडा गरेको समेत धर्मावलम्बीले आरोप लगाए ।

दुर्गेश थापा

विशेष