News

उपराष्ट्रपति नजुरेपछि मन्त्री बन्दै रञ्जिता श्रेष्ठ

उपराष्ट्रपति नजुरेपछि मन्त्री बन्दै रञ्जिता श्रेष्ठ

जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी संघीय सरकारमा जान तयार भएको छ। उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री वन्ने तयारीमा छिन्।

अध्यक्ष श्रेष्ठको मन्त्रालय भने टुंगो लागिसकेको छैन। नागरिक उन्मुक्तिले संस्कृति पर्यटन अथवा वन तथा वातावरण मन्त्रालय लिन चासो देखाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा श्रेष्ठ पनि मन्त्री बन्ने उक्त पार्टीका महासचिव रतन थापाले जानकारी दिए।

‘सरकारमा जाने कुरा निश्चित छ, हाम्रो पार्टीका अध्यक्षलाई हामी पठाउँछौँ,’ थापाले भने, ‘मन्त्रालयको टुंगो लागेको छैन, हाम्रो माग मुद्दाको कुरा पनि छ, त्यो सम्बोधन हुनुपर्छ।’

उनका अनुसार नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिन प्रधानमन्त्री तयार छन्। तर, थप एउटा राज्य समेत पाउनुपर्ने उसको अडान छ। नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले मंगलबार बस्ने गठबन्धन बैठकबाट सरकारमा सहभागिताको निर्णय हुने बताइन्।

बालुवाटार स्रोतका अनुसार श्रेष्ठ मन्त्री बन्न तयार छिन्। मन्त्रालयको टुंगो गठबन्धनको बैठक बसेर लगाउने समझदारी बनेको छ। सुदूरपश्चिम सरकारलाई समर्थन गरेर कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनमा जोडिएको नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता उपराष्ट्रपतिको दावेदार थिईन।

तर, उमेरका कारण उनी उम्मेदवार वन्न पाईनन्। यसअघि भने नाउपाले संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त राखेर सरकारमा नजाने अडान लिएको थियो।

रञ्जिता श्रेष्ठ

विशेष